केराघारीमा महिलाको शव फेला

काठमाण्डु टुडे २०७० माघ २२ गते १३:२९ मा प्रकाशित

रौतहट, २२ माघ– रौतहटको गौर नगरपालिका १० सबगढास्थित बकैया खोला किनारमा रहेको केराघारीमा एक महिलाको शव फेला परेको छ ।

बुधबार विहान ११ बजे स्थानीयवासीले केराघारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको शरीरको माथिल्लो भाग अधिकांश रुपमा जलेकाले सनाखत हुन सकेको छैन ।

महिलालाई जलाएर मारिएको देखिए पनि कसैले अन्यत्र नै हत्या गरी शव सो स्थानसम्म ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us