दुई क्षेत्रबाट जित्ने कसले कुन क्षेत्र छाडे ?

काठमाण्डु टुडे २०७० माघ २२ गते ६:०८ मा प्रकाशित

New Banesworeकाठमाण्डु, २२ माघ– संविधानसभा निर्वाचनमा दुई क्षेत्रबाट निर्वाचित नेताहरुले एक क्षेत्र छाड्ने भएका छन् ।

दुई क्षेत्रबाट विजयी भएका  कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा , एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तथा उपाध्यक्ष  वामदेव गौतमले एक क्षेत्र छाडेका हुन् ।

बिहीबारको संविधानसभा बैठकमा सभाध्यक्ष सूर्यबहादेर थापाले कोइरालाले चितवन–४, नेपालले काठमाडौं–२, देउवाले कैलाली ६ र गौतमले बर्दिया–१ छाड्ने जानकारी गराए ।

कोइराला बाँके–२ र चितवन–४, देउवा कैलाली–६ र डडेल्धुरा , नेपाल काठमाण्डु–२ र रौतहट–१ तथा गौतम प्युठान–१ र बदिया–१ बाट निर्वाचित भएका थिए । उनीहरु सबैलाई दुवै क्षेत्रका मतदाताले आ–आफ्नो क्षेत्र नछाड्न आग्रह गर्दै आएका थिए ।

मतदातामा नकारात्मक सन्देश जाने भएपछि दुई क्षेत्रमा जितेका नेताले आफूले छोड्न चाहेको क्षेत्रबारे जानकारी गराउन ढिलाइ गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us