प्रधानमन्त्रीको चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाण्डु टुडे २०७० माघ २२ गते २:३६ मा प्रकाशित

Samsadकाठमाण्डु, २२ माघ – व्यवस्थापिका संसद सचिवालयले नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

संसद सचिवालयले बुधबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । प्रधानमन्त्री चयनका लागि आउँदो २५ र २६ गते मनोनयन दर्ताको समय तोकिएको छ ।

प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा २७ गते निर्वाचन हुँदैछ ।

व्यवस्थापिका संसदका महासचिव एवं निर्वाचन अधिकृत मनोहरप्रसाद भट्टराईले बुधबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेका हुन् ।

२५ र २६ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म संविधानसभा सदस्यले उम्मेदवारी दर्ता गर्न सक्ने जानकारी दिए ।

२६ गते साँझ साढे ५ बजे उम्मेदवारहरुको सूची प्रकाशित गरिनेछ । यस्तै २७ गते विहान ११ बजे संसद बैठकमा सबै उम्मेदवारी एकसाथ निर्णयार्थ प्रस्तुत हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us