भारतमा दुर्घटनाबाट दशको मृत्यु

काठमाण्डु टुडे २०७० माघ २१ गते ७:१३ मा प्रकाशित

नयाँ दिल्ली, २१ माघ–पश्चिम भारतको महाराष्ट्र राज्यमा सोमबार राति भएको बस दुर्घटनामा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ । सो दुर्घटनामा परी अरु ३५ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार सोमबार राति महाराष्ट्रको पुने सतारामा रहेको एक पुलबाट एउटा बस नदीमा खसेको थियो । सो बसमा रहेका १० जना घटनास्थलमै मारिएका ती अधिकारीले जनाएका छन् ।
गुडिरहेका बस पुलमा ठोक्किन पुग्दा उक्त बसका चालकले होस गुमाएका थिए । सो क्रममा बसका चालक पनि मारिएका छन । उक्त दुर्घटनामा परी मारिनेमा सबैजसो गुजरातबाट गएका आन्तरिक पर्यटकहरु रहेका छन् ।
सो दुर्घटनामा घाइते भएकाहरुको उपचार स्थानीय अस्पतालमा जारी छ । तर रातिको समय भएकोले दुर्घटनामा परी घाइते भएकाको उद्वारको काम निकै कठिन भएको अधिकारीहरुले जनाएका छन् ।
घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पनि समाचारमा जनाइएको छ । सो क्षेत्रमा यसअघि पनि पटक पटक दुर्घटना भएका थिए । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us