सरस्वतीको पूजा गरी श्रीपञ्चमी मनाईंदै

काठमाण्डु टुडे २०७० माघ २१ गते ३:३९ मा प्रकाशित

Saraswati_poster-5_thumbकाठमाण्डु, २१ माघ – आज श्रीपञ्चमी । देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरी मनार्इंदै छ ।

विशेष गरी नेपाल र पूर्वी भारतमा धार्मिक आस्थापूर्वक सरस्वतीको पूजा गरिँदैछ । आजकै दिनबाट बसन्त ऋतुको सुभारम्भ हुने भएकाले यसलाई बसन्त पञ्चमी पनि भन्ने चलन छ ।

शास्त्रहरूमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएको छ । श्रीपञ्चमीको अवसरमा स–साना नानीहरुलाई अक्षारम्भ गराउने चलन पनि छ ।

सरस्वती पूजा गर्न काठमाण्डु उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारा, ललितपुरको लेले, लाजिम्पाट सहित मुलुकका विभिन्न भागमा रहेका सरस्वती मन्दिरहरुमा बिहानै देखि घुईंचो लागेको छ ।

श्रीपञ्चमीको दिन सरस्वती पुजा गरे विद्या, वुद्धि, र ज्ञान प्राप्त हुने जनविश्वास रहिआएको छ । कृषकहरु श्रीपञ्चमीको दिन हलो र गोरुको पूजा गरे अन्नबाली राम्रो हुने विश्वास गर्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us