राप्रपा नेपालको रणनीतिक कार्यक्रम तय

काठमाण्डु टुडे २०७० माघ २० गते ५:२६ मा प्रकाशित

Rppn.jpgकाठमाण्डु, २० माघ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आगामी महाधिवेशनलाई दृष्टिगत गरी रणनीतिक कार्यक्रम तय गरेको छ ।

यसका लागि राप्रपा नेपालका उपाध्यक्ष तथा संगठन विभागका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको पार्टीका विभागीय तथा जनवर्गीय संगठनहरूका प्रमुखद्वारा प्रतिवेदन प्रस्तुत भएको राप्रपा नेपालले जनाएको छ ।

सो अवसरमा महामन्त्री चन्द्रबहादुर गुरुङले आगामी जेठको पहिलो साता हुने महाधिवेशनलाई सफल पार्न सबै तहका कार्यकर्ता क्रियाशील हुनुपर्ने कुरामा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us