होटल व्यवसायीको गोली हानी हत्या

काठमाण्डु टुडे २०७० माघ २० गते ४:२१ मा प्रकाशित

सल्लेरी, २० माघ– सोलुखुम्बुको चौंरीखर्कमा एक होटल व्यवसायीको गोली हानी हत्या भएको छ ।
अज्ञात व्यक्तिको गोली प्रहारबाट चौंरीखर्क–५ फाक्दिङस्थित स्टार होटलका सञ्चालक ४६ वर्षीय ग्याल्जेन शेर्पाको ज्यान गएको हो ।

कपडाले मुख छोपेर आएका तीन जना नचिनेका मानिसहरुले शेर्पामाथि गोली चलाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । गोली लागी शेर्पामो घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा गोलीका केही खोका फेला परेका छन् ।

प्रहरीले घटनामा संलग्नको खोजीकार्य जारी रहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us