दुईवटा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

काठमाण्डु टुडे २०७० माघ २० गते ३:३२ मा प्रकाशित

सिरहा–२० माघ– सिरहाको नहरा–१ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवीपुर–२ का सन्जन मण्डल र रामनगर मिर्चैया–३ का सुरेशप्रसाद साह रहेको प्रहरीले जनाएको छ ।

मण्डल सवार स ४ प ५८४० र साह सवार स २ प ७८२ नम्बरको मोटरसाइकल आसपमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
मण्डल चोहर्वाबाट र साह सदरमुकामबाट आ–आफ्ना घर जाँदै गर्दा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैको लहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिरहा प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us