एसएसचइबीका सहसचिव सहसचिव घुस लिँदा लिँदै पक्राउ

काठमाण्डु टुडे २०७० माघ १९ गते १४:१० मा प्रकाशित

hsebकाठमाण्डु, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च माध्यमिक शिक्षा परिषद्का सम्बन्धन महाशाखा प्रमुख सहसचिव देवीप्रसाद बाराकोटी घुस लिँदालिँदै पक्राउ गरेको छ ।

धनुषाको सरस्वती माध्यमिक विद्यालयलाई कक्षा ११ र १२ सञ्चालनका लागि सम्बन्धन दिनेक्रममा ४० हजार रुपैयाँ लिँदालिँदै बाराकोटी पक्राउ परेका हुन् ।

बाराकोटीलाई अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा राखिएको अख्तियार प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us