राष्ट्रपतिले जारी गरेका बाधा अड्काउ फुकाउ आदेश संसदबाट पारित

काठमाण्डु टुडे २०७० माघ १९ गते ९:५४ मा प्रकाशित

New Banesworeकाठमाण्डु, १९ माघ – राष्ट्रपतिबाट जारी भएका तीनवटा बाधा अड्काउ आदेश व्यवस्थापिका संसदबाट पारित भएका छन् ।

आइतबारको संसद बैठकले राष्ट्रपतिले यस अघि जारी गरेका आदेश पारित गरेको हो । राष्ट्रपतिले गएको चैत १, आसोज १ र असोज ८ गते तीनवटा बाधा अड्काउ फुकाउ आदेश जारी गरेका थिए ।

संसद बैठकमा अध्यादेशको पक्षमा ४ सय ९२ मत खसेको थियो भने १४ मत विपक्षमा र २ मत तटस्थ रह्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us