हिंसा र बहिस्कारबीच थाइल्याण्डमा संसदीय निर्वाचन हुँदै

काठमाण्डु टुडे २०७० माघ १९ गते २:५६ मा प्रकाशित

काठमाण्डु, १९ माघ– मुख्य विपक्षीको विरोध र अवरोधका बाबजुद आज थाइल्याण्डमा संसदीय चुनाव हुँदैछ ।
चुनावको पूर्वसन्ध्यामा राजधानी बैंककसहित देशभर सरकारी सुरक्षाकर्मी र विपक्षी कार्यकर्ताबीच झडपहरु भएका छन् ।

thailandविभिन्न स्थानमा भएका हिंसात्मक घटनामा कयौंको ज्यान गएको छ । हिंसात्मक प्रदर्शनका क्रममा कयौं स्थानमा गोलीसमेत चलेको छ । विशेष गरी राजधानी बैंकको अवस्था तनावपूर्ण रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रदर्शनकारीले मतदानमा अवरोध नपुर्‍याउने बताए पनि हिंसात्मक प्रदर्शन रोकेका छैनन् । निर्वाचन आयोगले हिंसाका कारण कम्तिमा १० प्रतिशत मतदान स्थलमा मतदान हुन नसक्ने अनुमान गरेको छ ।

विपक्षीले वर्तमान सरकार भंग गरी जनपरिषद्को नेतृत्वमा निर्वाचन गराउनुपर्ने माग गर्दै आए पनि प्रधानमन्त्री यिङलक शिनावात्राले आफ्नै नेतृत्वमा चुनाव गराउन लागेकी हुन् । मुख्य दलको बहिस्कारका कारण चुनावमा यिङलकको पार्टीले जित्ने अनुमान गरिएको छ ।

गत नोभेम्बरमा सुरु भएको सरकारविरोधी प्रदर्शन चर्कंदै गएपछि प्रधानमन्त्री यिङलकले संसदमा आफ्नो दलको बहुमत रहेकै अवस्थामा मध्यावधि  निर्वाचन घोषणा गरेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us