दुर्घटनामा मृत्यु हुनेको संख्या दश पुग्यो

काठमाण्डु टुडे २०७० माघ १८ गते ९:११ मा प्रकाशित

ओखलढुंगा, १८ माघ – ओखलढुंगाको थाक्लेमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका ७ जनाको उपचारका क्रममा गएराति विभिन्न अस्पतालमा निधन भएपछि मृतकको संख्या १० पुगेको हो ।

मृतकमध्ये सिन्धुली झाँगाझोली–३ रातामाटाका विष्णुबहादुर श्रेष्ठ र सावित्रा माया श्रेष्ठको मात्र सनाखत भएको छ ।

सिन्धुलीबाट खोटाङको हलेसी महादेवको दर्शन गर्न हिंडेकाहरु चढेको बा २ ख ७० ६३ नम्बरको बस मध्यपहाडी लोकमार्गअन्तर्गत ओेखलढुगाको थाक्ले–८ सोक्मटारमा सडकबाट तीन सय मिटर तल खसेर हिजो दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका ४० मध्ये गम्भीर अवस्थाका सात जनालाई काठमाडौं ल्याइएको छ । अन्यको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us