दुई सय विद्यार्थीलाई एकजना शिक्षक !

काठमाण्डु टुडे २०७० माघ १८ गते २:४७ मा प्रकाशित

teacherदार्चुला, १८ माघ – दार्चुलाको लटिनाथ प्राथमिक विद्यालय एकजना शिक्षकको भरमा सञ्चालन भइरहेको छ । लटिनाथ प्राथमिक विद्यालय बर्मुडे छ महिनादेखि एकजना शिक्षकको भरमा सञ्चालन हुँदै आएको छ । तीनजना शिक्षकको दरबन्दी रहेको यस विद्यालयमा अहिले २०० विद्यार्थी अध्ययनरत छन् ।

तीनजना शिक्षक भए पनि एक जना शिक्षक आफ्नै घरपायक विद्यालय मिलाई काजमा गएका र विद्यालयका प्रध्यानाध्यापक आटसिंह धामी नियमित विद्यालयमा उपस्थित नहुने भएका कारण विद्यार्थीलाई एक शिक्षकले अध्यापन गराइरहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशसिंह धामीले जानकारी दिए ।

शिक्षक विद्यालयमा नियमित उपस्थित नहुँदा विद्यार्थी हाजिरी लगाएर घर फर्किने गरेको अभिभावकको गुनासो छ । प्रधानाध्यापक धामी धेरैजसोे बिदामा बस्ने हुँदा एकजना शिक्षकको भरमा विद्यालय सञ्चालन हुँदै आएको अविभावकहरु बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us