
चितवन, १७ माघ– नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रपतिले दिएको समयसीमाभित्रै सहमतीय सरकार गठनका लागि प्रक्रिया अगाडि बढिरहेको बताएका छन् ।
नेपाल निजामती कर्मचारी युनियनको विधान अधिवेशनको उद्घाटन गर्दै कोयरालाले छिट्टै सहमतीय सरकार गठनका लागि दलहरूसँग छलफल भइरहेको र सबै दल नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउने कुरामा सकारात्मक रहेको बताए ।
केही दलहरूले आन्तरिक छलफलका लागि समय मागेकाले सरकार गठनका लागि केही ढिला भएको भन्दै कोइरालाले कोइरालाले पहिलो प्राथमिकता सहमतीय सरकार रहेको तर सहमतीय सरकार बन्न नसकेमा बहुमतीय सरकार बन्ने स्पष्ट पारे ।
अब बन्ने सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार मुक्त नेपाल रहने भन्दै उहाँले पारदर्शी र भ्रष्टाचारमुक्त प्रशासन बनाउनसके देश विकास गर्न सकिने बताए ।