माछा खाने बिरालो भेटियो

काठमाण्डु टुडे २०७० माघ १७ गते १०:०९ मा प्रकाशित

Biraloसप्तरी, माघ – कोसी टप्पु वन्यजन्तु आरक्षमा अति दुर्लभ मानिएको मलाहा बिरोलो (माछा खाने) बिरालो फेला परेको छ । पाठेबाघको मुखजस्तै देखिने उक्त प्रजातिको बिरालो आरक्षभित्र फेला परेको कोसी टप्पु वन्यजन्तु आरक्षका वार्डेन गंगाराम सिंहले जानकारी दिए ।

करिब एक वर्षअघि नै फेला परेको उक्त मलाहा बिरालो आरक्षभित्र कतिको सङ्ख्यामा छन् भन्नेबारे यकिन भइनसके पनि अनुसन्धान भइरहेको वार्डेन सिंहले बताए ।

‘मलाहा बिरालोको मुख्य आहार माछा हो,’ सिंहले भने, ‘पाठेबाघजस्तो डर लाग्दो देखिनु र अन्य सामान्य बिरालोभन्दा ठूलो देखिनु नै उक्त मलाहा बिरालोको विशेषता हो ।’ आरक्षको वरिपरि रहेको पोखरी, दह र नदी छेउछेउमा मलाहा बिरालो बस्दै आएको उनी बताउँछन् ।

फेला परेका मलाहा बिरालो अतिदुर्लभ मानिने भएकाले यसको संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको वार्डेन सिंहले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us