समृद्धिका लागि बिदेशी मुद्रा आर्जन गरेको एउटा सिपाहीले अरुलाई पनि आर्जन गर्न सिकाउँदैछ । त्यो सिपाही आफूले सिकेको सीप आफनै मुलुकमा अरुलाई पनि सिकाउँदैछ । जसले तराइ,पहाड,हिमाल,समुन्द्र र उपत्यकामा पसिना बगाएको छ । त्यो सिपाहीको नाम हो पुष्प उप्रेती ।
तस्विरमा मात्र समुन्द्र देखेका पुष्पले १० बर्ष स्टार क्रुजमा सुरक्षा (सिप सेक्युरिटी)को रुपमा काम गरे । अहिले काठमाण्डुको कालीमाटीमा सेलेन्ट्रो रेष्टुरेन्ट एण्ड लञ्च बार आफै सञ्चालन गरिरहेका छन,अनि अरुलाई एक्पोलर होटल एण्ड म्यानेजम्यान्ट एण्ड ट्रेनिङ सेन्टर मार्फत पनि होटल व्यवस्थापनका बारेमा सिकाउँछन पुष्प उप्रेती ।
शैक्षिक संस्था र रोजगारदाता वीचको समन्वय अभावका कारण विश्वभर नै बेरोजगारी देखिएको छ । सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यास एकै ठाउँमा उपलब्ध गराउने प्रयास उनले गरेका छन ।
उनी भन्छन ‘सिपमा काम गर्न जान इच्छुकहरुलाई चाहिने योग्यता र क्षमताको विकास गराउन हामी पुलको रुपमा काम गर्छौ । सिपमा काम गर्दा अवलम्बन गर्नु पनि नीति नियमका बिषयहरु पनि हामी सिकाउँछौ ।’
पानी जहाज उपयुक्त तरिकाले सञ्चालन भए नभएको जानकारी लिन,सुरक्षाको अवस्थाका बारेमा नियमित अनुगमन गर्नमा उनी पोख्त छन् । पानी जहाजको सुरक्षामा थप ध्यान दिनु पर्ने भएमा व्यवस्थापनलाई सिफारिस गर्न,पानी जहाँजमा सामान सुरक्षित रुपमा भण्डारण गर्न,सम्बन्धित व्यक्तिलाई सामान हस्तान्तरण गर्न,अन्य पानी जहाजमा सुरक्षित रुपमा समान पठाउन,उपयुक्त बन्दरगाहमा सामान सुरक्षित अवतरण गर्न पनि उनी सिपालु छन् ।
पानी जहाँजको सुरक्षा योजना परिमार्जन गर्न,आन्तरिक परीक्षण,आवधिक पुनरावलोकन सुरक्षा अनुगमन र गुनासाहरुको प्रमाणिकरण र उपयुक्त तरिकाले कार्यान्वयन गर्न गराउन र आफनो बिभागमा सिफारिस गर्न उनी निपूर्ण छन् ।
सुरक्षा सम्बन्धी जनचेतना जगाउन,पानी जहाँजका यात्रुलाई सुरक्षा सम्बन्धी अवलम्बन गर्नु पर्ने बिधि र प्रक्रियाका वारेमा जानकारी गराउन,सुरक्षा सम्बन्धी उपकरण उपयुक्त तरिकाले सञ्चालन भए नभएको परीक्षण गर्न र समस्या भएमा समाधान गर्न पनि उनी आफू जान्दछन र अरुलाई पनि सिकाउन सक्छन् ।
पानी जहाँजको अनुहार नै देख्न नपाउने मुलुकमा जन्मिएका पुष्पले पानी जहाँजको सुरक्षा सम्बन्धी तालिम छिमेकी मुलुक भारतमा लिएका हुन् । उनले स्टार क्रुजमा भिड व्यवस्थापन गर्ने तरिका,क्रुज व्यवस्थापन र यात्रुहरुको सुरक्षाका वारेमा तालिम लिएका छन् । उनले एक्सरे स्क्रिनिग र बम निस्तेज पार्ने तालिम सिंगापुरबाट लिएका हुन् ।
नेपाली सेनामा रहँदा उनी नेपाल भित्रै र बिदेशमा बिभिन्न तालिममा सहभागी भएका छन् । शान्ति सेनाका रुपमा लेवनानमा काम गर्दा उनी प्रशंसित भएका थिए भने नेपालका बिभिन्न सैनिक अस्पतालमा उनले १० बर्ष काम गरेका छन् । नेपाली सेनामा उनले १७ बर्ष काम गरेका हुन । उनले लडाइ लडन मात्र सिकेका छैनन,अरुलाई ज्ञान बाँडन पनि जानेका छन् ।
चितवनमा जन्मिएका पुष्पले वीरेन्द्र आदर्श मावि चितवनमा माद्यामिक तहको पढाई पूरा गरेका हुन भने त्यसपछि उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्न राज्य बहुमखी क्याम्पसमा पढेका हुन् । समूहमा काम गर्न उनी दक्ष मानिन्छन् । उनी नेपाली,हिन्दी र अंग्रेजी भाषा बोल्न सक्छन ।
समस्या आउँदा तत्कालैै न्यायिक रुपमा समाधान गर्न सक्ने,बहुसाँस्कृतिक वातावरणमा काम गर्ने उनको खुवी छ । त्यसैले उनले सैनिक सेवा पदक,संयुक्त राष्टसंघीय पदक र बिदेशी सेवा पदक प्राप्त गरेका छन् ।
कोमल हृदयका पुष्प आफू फक्रन चाहन्छन र अरुलाई पनि फक्रने उपाय सिकाउँछन् । आफू मरेर देशलाई बचाउने कसम खाएका पुष्प त्यस्ता व्यक्ति हुन जो मैनबत्ती जस्तै छ । आफू र अरुका छोरा छोरीलाई समृद्धिको बाटो देखाउन २७ वर्ष स्वदेश तथा बिदेशमा अरुको सुरक्षाका लागि दिमाग लगाएर पसिना बगाएको छ । मेहनत र परिश्रममा रमाउनेहरुले पुष्पलाई पढदा आफू र आफनो परिवार र समाजको समृद्धिमा ध्यानाकर्षण भइरहेको हुन्छ ।