कुष्ठरोगीको स्वास्थ्य संस्थामा पहुँच बढ्दो

काठमाण्डु टुडे २०७० माघ १६ गते ४:५२ मा प्रकाशित

नेपालगन्ज, १६ माघ – मध्यपश्चिमका विभिन्न जिल्लामा रहेका कुष्ठरोगीहरूको अहिले स्वास्थ्य संस्थामा उपचारका लागि जाने क्रम बढेको पाइएको छ ।

पूर्वजन्मको पाप तथा देवीदेवताको श्रापका कारण कुष्ठरोग लाग्छ भन्ने गलत मानसिकतालाई तोड्दै पछिल्लो समम बिरामीहरू उपचारको खोजीमा अस्पताल पुग्नेक्रम बढेको हो ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको पछिल्लो आंकडाअनुसार, अहिले मध्यपश्चिम क्षेत्रमा २७३ कुष्ठरोगीले नियमित ओखती सेवन गरिरहेका छन् ।

गत आर्थिक वर्ष २०६९/७० मा २८७ जनाले नियमितरूपमा औषधि लिइरहेकोमा चालु आर्थिक वर्ष २०७०÷७१ को पहिलो चौमासिकमा ९८ जना बिरामी थपिएका छन् । ती बिरामीमध्ये चार बालक र ३१ महिला छन् ।

निर्देशनालयका अनुसार यस क्षेत्रका जिल्लामा प्रति दश हजारमा एक जनाभन्दा बढी व्यक्ति कुष्ठरोगबाट प्रभावित छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us