सभामुखले विपक्षीलाई भनेः गृहमन्त्रीलाई सुनौं

काठमाण्डु टुडे २०८२ जेठ २० गते १३:५१ मा प्रकाशित

काठमाण्डू, २० जेठ– प्रतिनिधि सभाको आजको बैठक पनि २ बजेलाई सारिएको छ । सदनको अवारोध अन्त्यका लागि पहल जारी रहेकाले बैठक केही घण्टा पर सारिएको हो । यसअघि आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत जोडिएको भन्दै विपक्षी दलहरूले राजीनामा मागेर सदन अवरुद्ध पार्दै आएका छन् । गृहमन्त्री रमेश लेखकले आफ्ना कुरा सदनसमक्ष राख्ने भन्दै सभामुखसँग पटकपटक समय मागे पनि उनले बोल्न पाएका छैनन् ।

लगातार सदन अवरुद्ध रहेकाले सभामुख देवराज घिमिरेले आजै विपक्षी दलहरूसँग छलफल गरी सदनमा गृहमन्त्रीले आफ्ना भनाइ राख्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

सदनमा गृहमन्त्रीलाई बोल्न दिने वातावरण बनाउन सभामुख घिमिरेले आज बिहानैदेखि पहल गरेका थिए । उनले विपक्षी दलका प्रमुख सचेतकहरूसँग तथा त्यसपछि सत्ता र विपक्षी दलहरूसँग संयुक्त बैठक बसेका थिए ।

बैठका सभामुख घिमिरेले पहिले गृहमन्त्रीका कुरा सुनौं, त्यसपछि थप छलफल गरौंला भनेपछि विपक्षी दलहरूले यस विषयमा थप छलफल गर्ने भनेर निस्किएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us