सवारीको ठक्करबाट एकको मृत्यु

काठमाण्डु टुडे २०७० माघ १५ गते ५:४९ मा प्रकाशित

हेटौँडा, १५ माघ – हेटौँडा–नारायणघाट सडकखण्डको सिमपानीमा सवारीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहान २ बजे तिर पहिचान नखुलेको सवारीसाधनले ठक्कर दिँदा करिब ४५ वर्षीय पुरुषको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतकको सनाखत भएको छैन । ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले चितवनको लोथरबाट शंकास्पद दुईवटा ट्रकलाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ गरिरहेको छ ।

मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us