बलात्कारका घटनासम्बन्धी मुद्दा जटिल

काठमाण्डु टुडे २०७० माघ १५ गते १:१६ मा प्रकाशित

rapeeचितवन, १५ माघ – पछिल्लो समय चितवनमा बलात्कारका घटनाको सङ्ख्या कम भए पनि जटिलता भने थपिएको छ ।

जटिल प्रकृतिका करणीका घटनाका कारण मुद्दाको किनारामा ढिलाइ भएको हो । गत आर्थिक वर्षको छ महिनाको अवधिमा १५ वटा जबर्जस्ती करणीका मुद्दा दर्ता भएकामा चालु आर्थिक वर्षको छ महिनामा १२ वटा मुद्दा दर्ता भएका छन् ।

दर्ता भएकामध्ये गत वर्ष यस अवधिमा १० वटा मुद्दाको फैसला भएको थियो भने यस आर्थिक वर्षमा भने एउटा मात्र मुद्दा फैसला भएको छ ।

यस आर्थिक वर्षमा दर्ता भएका मुद्दाहरु प्रायः जटिल प्रकारका भएकाले फैसलामा ढिलाइ भएको  जिल्ला अदालतका स्रेस्तेदार विद्याराज पौडेलले बताए । गत आर्थिक वर्षमा २५ वटा जबर्जस्ती करणीका मुद्दा दर्ता भएका थिए जसमध्ये ११ फैसला भएको र १४ वटा मुद्दा फैसला हुन बाँकी रहेको जिल्ला अदालतले जनाएको छ ।

पछिल्लो समय जटिल प्रकृतिका करणीका घटना बढेपछि सरोकारवालाहरुले यसप्रति चासो देखाएका छन् । घटनालाई नियन्त्रण गर्नका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको अधिवक्ता फूलमाया रानाभाटले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us