चैतमा स्ववियु चुनाव गर्ने तयारी

काठमाण्डु टुडे २०७० माघ १४ गते ९:११ मा प्रकाशित

TUकीर्तिपुर, १४ माघ– त्रिभुवन विश्वविद्यालयले आगामी चैतभित्र स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन गर्नेगरी छलफल अघि बढाएको छ ।

निर्वाचन प्रक्रियालगायतका विषयमा लामो समयसम्म विद्यार्थी संगठनहरुको मत बाझिएपछि विगत पाँच वर्षयता हुन नसकेको स्ववियुको निर्वाचन कार्यक्रम सार्वजनिक गर्न यसअघि नै विद्यार्थी संगठनहरुले विश्वविद्यालयको ध्यानाकर्षण गराएका छन् ।

लामो समयसम्म स्ववियु निर्वाचन हुन नसकेको अवस्थामा विद्यार्थी संगठनसँग आगामी चैतभित्र निर्वाचन गर्नेगरी विश्वविद्यालयले छलफल अघि बढाएकोे त्रिवि विद्यार्थी कल्याण शाखाका प्रमुख गंगाबहादुर थापाले बताए ।

निर्वाचन प्रणालीलगायतका विषयले विगतमा स्ववियु निर्वाचन प्रभावित भएकामा गत वर्ष नै त्रिविले मिश्रित प्रणालीमा निर्वाचन गर्ने निर्णय गरिसकेको छ । विसं २०६५ यता लामो समयसम्म स्ववियु निर्वाचन हुन नसक्दा क्याम्पसहरुमा युनियनको नेतृत्व रिक्त हुन गएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us