क्याम्पसमा विद्यार्थी तानातान

काठमाण्डु टुडे २०७० माघ १३ गते ३:५४ मा प्रकाशित

Jajarkotजाजरकोट, १३ माघ–जाजरकोट सदरमुकाममा रहेका दुईवटा क्याम्पसमा बिबिएस कक्षा सञ्चालन भएपछि विद्यार्थीहरु तानातानमा परेका छन् । यही वर्षमा मात्र सञ्चालनमा आएको बिबिएस कक्षा जाजरकोटको भेरी ज्ञानोदय क्याम्पस र मालिका क्याम्पसमा सञ्चालन भएका छन् ।

मालिका क्याम्पस र भेरी ज्ञानोदय क्याम्पसमा कसले बढी विद्यार्थीलाई आफ्नो ठाउँमा पढाउने भन्ने विषयमा विद्यार्थीहरु तानातान परेको हो । दुवैवटा शिक्षण संस्थाको अस्वस्थकर प्रतिस्पर्धाका कारण विद्यार्थीहरु अन्योलमा परेको बताउँछन् ।

योभन्दा अघि जाजरकोटमा बिबिएस कक्षा सञ्चालन नहुँदा यहाँका विद्यार्थीहरु अन्य जिल्लामा पढ्न जाने गरेका थिए । आफ्नै जिल्लामा बिबिएस पढाइ हुने खुसीको कुरा भए पनि विद्यार्थीहरु तानातानले समस्या परेको डाँडागाउँकी पवित्रा रोकायले बताए ।

अहिलेसम्म यहाँका विद्यार्थीहरु मालिका क्याम्पस पढ्ने कि भेरी ज्ञानोदय क्याम्पसमा बिबिएस पढ्ने भनेर दोधारमा रहेको बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us