प्रचण्डकै नेतृत्वमा संसदमा जाने सहमति

काठमाण्डु टुडे २०७० माघ १३ गते ३:२८ मा प्रकाशित

prachand-tika3काठमाण्डु, १३ माघ– एकीकृत नेकपा माओवादी संसदीय दलको नेता पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै बन्ने सहमति भएको छ । सोमबार विहान बसेको पूर्वपोलिटब्युरो सदस्य र केन्द्रीय कार्यालयको संयुक्त बैठकमा अध्यक्ष प्रचण्डकै नेतृत्वमा संविधानसभामा जाने सहमति भएको हो ।

पहिलो संविधानसभामा पनि प्रचण्ड नै संसदीय दलको नेता थिए ।

दोस्रो संविधानसभा निर्वाचनपछि नेता कृष्णबहादुर महरालाई संसदीय दलको नेता बनाउने गरी छलफल शुरु भएको थियो । तर, अधिकांश केन्द्रीय सदस्यहरुले त्यसको विरोध गर्दै प्रचण्ड नै दलको नेता हुनुपर्नेमा जोड दिएका थिए ।

केन्द्रीय कार्यालयले सोमबारै पूर्वपोलिटब्युरो र राज्य समिति संयोजकहरुसँग संयुक्त छलफल गर्दै छ । छलफल अहिले केहीबेरमा केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us