व्यवस्थापिका संसदमा ५ अध्यादेश पेश

काठमाण्डु टुडे २०७० माघ १३ गते ३:४२ मा प्रकाशित

biccकाठमाण्डु, १३ माघ– व्यवस्थापिका संसदको बैठकमा सोमबार बिभिन्न पाँच अध्यादेश पेश भएका छन् । गृहमन्त्री माधव प्रसाद घिमिरेले दुई र अर्थमन्त्री शंकरप्रसाद कोइरालाले एउटा अध्यादेश पेश गरेका हुन् ।

गृहमन्त्री घिमिरेले संविधानसभा निर्वाचन सम्बन्धी केही नेपाल ऐन संसोधन संबन्धी अध्यादेश २०६९, संविधानसभा सदस्य निर्वाचन अध्यादेश २०७० तथा संविधानसभा सदस्य निर्वाचन पहिलो संसोधन अध्यादेश २०७० र संविधानसभा निर्वाचन दोश्रो संसोधन अध्यादेश २०७० पेश गरेका हुन् ।

यसैगरी अर्थमन्त्रीले कोइरालाले सम्पत्ति शुद्धिकरण निवारण दोस्रो सं्रसोधन अध्यादेश २०७० पेश गरेका छन् ।

व्यवस्थापिका संसद बैठक मंगलबार विहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

गत बर्षको जेठ महिनामा संविधानसभा विघटन भएपछि सरकारले ल्याएका विधेयकहरुलाई कानुनको रुप दिन सोमबारको बैठकमा पेश गरिएको हो । सो समयमा सरकारले बिभिन्न २४ वटा विधेयक ल्याएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us