बाबुरामले भने, ‘प्रचण्डको नेतृत्व मान्दिन भनेको छैन’

काठमाण्डु टुडे २०७० माघ ११ गते २:०२ मा प्रकाशित

Prachanda baburamकाठमाण्डु, ११ माघ – एमाओवादीका नेता डा. बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व मान्दिन भनेर आफूले नभनेको बताएका छन् । शुक्रवार आफ्नै निवास सानेपामा प्रचण्डसँगको लन्च बैठकमा उनले नेतृत्व मान्दिन नभनेको तर, अन्य सांगठनिक क्षेत्रमा शक्ति बाँडफाँड गर्नु पर्ने वताएका हुन् ।

पार्टी चलाउन सामूहिक नेतृत्वको अबधारणा बसाल्न चाहेको उनको भनाई छ । लगातार दुईदिनसम्म दुई नेतावीच भएको छलफल सकारात्मक दिशातिर गएको छ । शनिवार र आइतवार फेरि छलफल गरी निष्कर्षमा पुग्ने स्थिति आएको एक नेताले बताए ।

भट्टराईले पार्टीमा सकारात्मक सोचका साथ कार्यदिशा कार्यान्वयन गर्ने कुरा गर्दा पद खोजेको आरोपले आफूलाई दु:खी बनाएको प्रचण्डसमक्ष बताए । उनले आफूले पदका लागि भन्दा पार्टी बलियो गराउनु एकमात्र स्वार्थ भएको उल्लेख गर्दै अध्यक्ष पद नै ताकेको नठान्न भनेका थिए ।

भट्टराई निकट नेता देवेन्द्र पौडेलले दुई नेतावीच पार्टीको कार्यदिशा कार्यान्वयनमा केन्द्रित कुरा भएको जानकारी दिए ।

‘बाबुरामजीले अध्यक्षको नेतृत्व मान्दिन भन्नुभएको होइन , उनले भने,’अरु सांगठनिक विषयमा शक्ति बाँडफाँड हुनुपर्छ मात्रै भन्नुभएको हो ।’ उनले दुवै नेतावीच पार्टीको आगामी कार्यदिशा समृद्ध बनाउने विषयमा लगातार छलफल भएको जनाए ।

प्रचण्डले पार्टीमा एकाधिकार जमाउन खाजेको चर्चा गतल भएको उल्लेख गर्दै नेतावीच सहकार्यबाट समस्याको समाधान निस्कने जनाए । उनले लामोसमयदेखि दुई नठेताको सहकार्यले नै पार्टी अघि बढेकाले अब पनि आबश्यकता भएको बताएको खबर कान्तिपुर दैनिकले छापेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us