पुरुषको वीर्यबाट बच्चालाई खतरा !

काठमाण्डु टुडे २०७० माघ १० गते ५:५१ मा प्रकाशित

men-s-sex-problemsखानपानमा नियन्त्रण नगर्ने पुरुषहरुको वीर्यबाट बच्चालाई डायबिटिजको खतरा हुने तथ्य पत्ता लागेको छ । हालै चीनमा गरिएको एक अनुसन्धानबाट अत्यधिक खाने र बढि मोटा पुरुषहरुको वीर्यबाट उनीहरुको बच्चालाई डायबिटीज टाइप–२ को खतरा हुन्छ ।

‘प्रोसीडिङ अफ द नेशनल एकेडेमी अफ साइन्सेज जर्नल’मा प्रकाशित शोधमा मोटा पुरुषको वीर्य र उनीहरुको बच्चामा डायबिटिज रोगको सम्बन्धबारे उल्लेख छ । अनुसन्धानकर्ताहरुले यो परीक्षण मुसामा गरेका थिए । अत्यधिक खाने मुसाको वीर्य र डिएनएको अध्ययनबाट वैज्ञानिकहरु यस्तो निष्कर्षमा पुगेका हुन् ।

शोधकर्ता डा. सनले भने, ‘यस अध्ययनबाट हामीले के पायौं भने मोटोपनबाट उनीहरुको बच्चामा डायबिटिज टाइप २ र मेटाबलिक समस्या आउन  सक्छ ।’

शोधकर्ताहरुले ४०२ अलग–अलग किसिमका जीन्सको पनि अध्ययन गरेका थिए । त्यसमा इन्सुलिन र ग्लूकोजको मात्रामा विविधता पाईएको थियो । अर्थात् वीर्यमा रहने जीन्सको सम्बन्ध पेंक्रियाटिक सेल्समा हुन्छ जसलाई मोटोपन र डायबिटीजको सम्बन्ध मानिन्छ ।

शोधकर्ताहरुले आफ्नो बच्चालाई स्वस्थ राख्नु छ भने आफूले पनि स्वस्थ जीवनशैली अपनाउनु पर्ने सुझाव दिएका छन् । अझ बढि पुरुषहरुले मोटोपन कम गर्नुपर्ने हुन्छ अन्यथा उनीहरुको बच्चा जन्मजात नै रोगी हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us