आत्मघाती बिस्फोटमा २८ को मृत्यु

काठमाण्डु टुडे २०७० माघ ७ गते ५:१७ मा प्रकाशित

काठमाण्डु, ७ माघ–इराकको राजधानी बगदादमा आत्मघाती बम बिस्फोट हुँदा २८ जनाको मृत्यु भएको छ । अरु १० जनाभन्दा बढी घाइते भएका छन् ।

ब्यस्त सडकमा गराइएको विष्फोटबाट धेरैजसो महिलाहरुको मृत्यु भएको बताइएको छ । किनमेलको लागि बजारमा निस्किएका महिलाहरु विष्फोटमा मारिएको बीबीसीले जनाएको छ ।

इराकमा श्रृंखलाबद्ध विष्फोटबाट बर्षेनी सैयौंले ज्यान गुमाउने गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us