दुई फिट हिउँ,जनता हर्षित

काठमाण्डु टुडे २०७० माघ ५ गते ९:१६ मा प्रकाशित

humla-snowहुम्ला, ५ माघ– हुम्लामा दुई दिनसम्म हिमपात भएपछि सदरमुकाम सिमीकोटमा दुई फिट हिउँ जमेको छ ।

हिमपातले गर्दा सदरमुकाम आसपासका गाउँ विकास समितिका जनतालाई उपभोग्य सामान लिन जाने बाटो बन्द भएको छ ।

नेपालगन्ज र सुर्खेतबीचको एकमात्र हवाई उडान पनि बन्द भएको छ ।

हिमपातले यहाँ चिसो अत्यधिक मात्रामा बढेको छ ।

त्यस क्षेत्रमा विहानदेखि हावाहुरी चलिरहेको छ । हिमपातले जौ, गहुँ जस्ता बाली सप्रिने भएकाले यहाँका जनता हर्षित छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us