
माघे संक्रान्ति पर्व बिभिन्न समुदायमा बिभिन्न तरिकाले मनाउने गरिन्छ । थारु र मगर समुदायले यस पर्वलाई अझ विशेष हर्षोल्लासका साथ मनाउने गर्दछन् । थारुहरुको लागि यो नयाँ बर्ष नै हो । थारु समुदायमा ‘माघी’ भनिने यो पर्वमा बर्षभरीको समिक्षा गरी आगामी योजना बनाउने गरिन्छ । माघी पर्व मनाउन घरदेखि टाढा रहेकाहरु पनि गाउँ फर्किन्छन् । आफूभन्दा मान्यजनहरुसँग आशिर्वाद लिने, परिवारका सबै सदस्यहरुसँगै बसेर मिठा परिकार बनाएर खाने, नाचगान गर्ने र नयाँ कामको योजना बनाउने माघीको विशेषता हो ।
काठमाण्डु उपत्यकामा बसोबास गरेका र घर फर्किन नपाएकाहरु भने टुँडिखेलमा जम्मा भएर माघी मनाए । ‘थारु माघी महोत्सव २०७०’ नाम दिइएको कार्यक्रममा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी पनि सहभागी भए । हेर्नुस् कार्यक्रमका केही झलकहरु