अब बस भित्रै ‘वाइफाई’ इन्टरनेट

काठमाण्डु टुडे २०७० पुष २५ गते ५:१३ मा प्रकाशित

wifiबाँके–तपाईंसँग ‘इन्टरनेट वाइफाई’ प्रविधिको मोबाइल वा ल्यापटप वा आइप्याडजस्ता साधन छन् ? छन् भने, अब बस यात्रामा पनि साथीभाइ तथा परिवारका सदस्यसँग च्याटिङ गर्न सक्नुहुन्छ ।

नमस्ते नेपालअन्तर्गत नेपालगन्ज—काठमाण्डु सञ्चालनमा रहेको ‘कान्तिपुर डिलक्स’का सञ्चालकले बसमा इन्टरनेट—वाइफाई सुविधा थपेपछि त्यसबाट मोबाइल हुनेहरुमा खुसियाली छाएको छ ।

सो बसका यात्रुहरुले च्याटिङ मात्र होइन, यात्रा अवधिमा बसभित्रै ‘गुगल’को प्रायः सबै सुविधा प्रयोग गर्नसमेत पाउने छन् । नमस्ते नेपालका उपाध्यक्ष गोविन्द पौडेलका अनुसार यात्रुको मागलाई दृष्टिगत गरी सबै १३ वटा बसमा वाइफाई सेवा उपलब्ध गराइएको छ ।

‘नेपालगन्ज—काठमाण्डु ५ सय ४० किलोमिटरको बस यात्रा पट्यारलाग्दो हुने भएकाले सूचनाबाट यात्रुलाई साक्षात्कार गराइरहने उद्देश्यका साथ सो सेवा उपलब्ध गराइएको हो,’ उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us