
भारतीय कुटनीतिज्ञ देवयानी खोबरागडेलाई अमेरिकी सुरक्षाकर्मीले निर्वस्त्र पारेको भिडियो सार्बजनिक भएको छ ।
भिडियोमा अमेरिकी सुरक्षाकर्मीहरुले जबर्जस्ती कपडा फुकालिदिएको देख्न सकिन्छ । देबयानीको भनेर युट्युबमार्फत् सार्बजनिक यो भिडियोमा महिलाको अनुहार भने स्पष्ट देखिएको छैन ।
यो भिडियोले सनसनी मच्चाएको छ । भारतीय सन्चार माध्यमहरुले पनि प्राथमिकताका साथ प्रसारण गरिरहेका छन् ।
अमेरिकाले भने यो भिडियो नक्कली भएको जनाएको छ ।
भारतीय महावाणिज्य दूत देवयानीलाई भीसामा गलत विवरण लेखाएको र घरेलु कामदारको शोषण गरेको आरोपमा अमेरिकी प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा लिएको थियो ।
हिरासतमा आफूलाई प्रहरीले निर्वस्त्र पारिएको र अपराधिहरुसँगै राखिएको भन्दै देवयानीले खुलासा गरेकी थिइन् ।
यसै विषयलाई लिएर भारत र अमेरिकाको सम्वन्धमा फाटो आएको छ । भारतले अमेरिकाले माफी माग्नु पर्ने बताउँदै आएको छ ।