नागरिक दैनिकका सम्पादक प्रधानमाथि आक्रमण

काठमाण्डु टुडे २०७० पुष २४ गते १:५१ मा प्रकाशित

काठमाण्डु, २४ पुस–अज्ञात समूहले नागरिक दैनिकका प्रधानसम्पादक प्रतीक प्रधानमाथि आक्रमण गरेको छ । भीमसेनगोलामा गाडी जाममा परेकोबेला पछाडिबाट अज्ञात समूहले प्रधानलाई आक्रमण गरेको हो ।

काठमाण्डुको भीमसेनगोलाबाट पत्रिकाको कार्यालय सुन्धारा आउँदै गर्दा मंगलबार साँझ ६ बजे लाठी र तरबार बोकेको समूहले एक्कासी आक्रमण गरेको प्रधानले जानकारी दिए ।

आक्रमणकारीले प्रहार गरेको लाठी र तरबारका कारण प्रधान चढेको बा ५ प ३९५९ नम्बरको गाडीको अगाडि र पछाडीको सीसा फुटेको छ । गाडीको सिसा फुटाएर सो समूह भागेको थियो । आक्रमणमा हक्की स्टिक, लाठी र तरबार प्रयोग गरिएको जनाइएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ । आक्रमणकारीको पहिचान भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us