
गणेश बस्नेत/राजधानी काठमाडौं, २० पुस:‘विगतमा जे–जस्तो भए पनि अव देशका लागि लडिन्छ, अन्तिम सास रहेसम्म नेपाली सेनाको छविमा आँच आउन दिने काम हुँदैन,’ शुक्रबार सैनिक प्रतिष्ठान खरिपाटीमा समायोजन रोजेका पूर्वलडाकू तथा प्रमुख सेनानी यमबहादुर अधिकारी भन्दै थिए । उनी मात्र नभई शुक्रबार अधिकृत तालिम सकाएका सबै पूर्वलडाकूहरू नेपाली सेनाको छविमा कहिल्यै आँच आउन नदिई देश र जनताका लागि जीवनका अन्तिम क्षणसम्म लड्ने वाचा पनि गरिरहेका थिए । माओवादी युद्धको कमान्ड गरेका उनीहरूले सेना समायोजनमार्फत गत १० भदौदेखि नेपाली सेनाको अधिकृत तहमा औपचारिक रूपमा दज्र्यानी चिह्न पाएका थिए ।
दज्र्यानी पाए पनि अधिकृत तालिम नसकिएपछि कार्यक्षेत्र जान पाएका थिएनन् उनीहरूले । तर, शुक्रबारबाट सबै तालिम सकाएर देशका लागि केही गरिन्छ भन्दै सेनाको अधिकृत बनेका सबै पूर्वलडाकू कार्यक्षेत्र खटिएका छन् । माओवादीका पूर्वलडाकूहरूले शुक्रबारबाट नेपाली सेनाका अधिकृत हुन आवश्यक सेना समायोजनसम्बन्धी सबै तालिम सकाएका हुन् । अधिकृत दर्जामा समायोजन भई अन्तिम छनोटसमेत भइसकेका पूर्वलडाकूहरू शुक्रबारबाटै सैनिक मुख्यालयले तोकेअनुसारको कार्यक्षेत्रसमेत खटिएका छन् । प्रमुख सेनानी (लेङ्खिटनेन्ट कर्नेल) दर्जामा समायोजन भएका यमबहादुर अधिकारी, पदमबहादुर तामाङ र वासुदेव घिमिरेसहितका ७० जना अधिकृतहरू अब देशका लागि केही गरिन्छ भन्दै सैनिक प्रतिष्ठान खरिपाटीबाट तोकिएको कार्यक्षेत्रमा खटिएका हुन् ।
नेपाली सेनाले गत १० भदौमा नै उनीहरूलाई दर्जा तोकेर विभिन्न स्थानमा दरबन्दी तोकेको थियो । तर, अधिकृत तहका सबैले तीनमहिने बिज्रिङ कोर्स (ब्रिगेड) तालिम सम्पन्न गरेपछि शुक्रबारबाट मात्रै कार्यक्षेत्र फर्किएका हुन् । नेपाली सेनामा समायोजन भएका पूर्वलडाकूमध्ये अधिकारी, तामाङ र घिमिरेबाहेक १३ जना सेनानी (मेजर), ३० जना क्याप्टेन (उपसेनानी) र २४ जना सेकेन्ड लेङ्खिटनेन्ट दर्जामा पदस्थापन भएका थिए । उनीहरू सबै शुक्रबारबाट तोकिएको सबै तालिम सम्पन्न गरी कार्यक्षेत्र फर्किएका हुन्
। नयाँ जोश र जाँगरसहित कार्यक्षेत्र खटिनेमा तीन प्रमुख सेनानीसहित सेनानीहरू वीरेन्द्र बम, प्रचारबहादुर शाही, रामबहादुर लामा, अमृतबहादुर आचार्य, हिम्मत बलाल, प्रदीप तामाङ, देवबहादुर बोहोरा, नारायण सुवेदी, डम्बर ठकुरी, गोपालसिंह बोहोरा, नवीन पाण्डे, इन्द्रभक्त महर्जन र कुवेर कार्की छन् । उनीहरूले विगतको पृष्ठभूमि जेसुकै भए पनि इमानदारी र लगनशीलताका साथ तालिम सम्पन्न गरी अब देशका लागि लड्ने वाचासहित कार्यक्षेत्र खटिएको तालिममा सहभागी सैनिक अधिकारीहरूले बताएका छन् । तालिममा सहभागी सैनिक अधिकृतहरूका अनुसार सेनाका अधिकृतमा छनोट भएका सबैले मुलुकका लागि केही गर्ने अठोटसहित काम गर्ने बताएका हुन् । शुक्रबारबाट तालिम सम्पन्न गरी फर्कनेमा क्याप्टेनहरू विमला लामा, पूर्णबहादुर सुवेदी, मनकुमारी राई, भरत पुलामी, भरतकुमार लिम्बू, श्याम विक, शशीकला भट्टराई, माधव घिमिरे, काजी बोहोरा, टीकाराम बस्नेत र दीपेन्द्रबहादुर बुढाथोकी छन् ।
यस्तै, क्याप्टेन हर्क जवेगू, विक्रम चौधरी, ढलक मोक्तान, सुनिल चौधरी, दीपक बुढाथोकी, खड्ग साउद, सूर्यप्रकाश राई, राजेन्द्र खनाल, दलबहादुर सिंह, कमलबहादुर खड्का, चक्र शाही, तारणी चौधरी, तीर्थराज आचार्य, उत्तरबहादुर चन्द, दीपक बोहोरा, कमलप्रसाद गौतम, नवल रोकाया, दानालाल तामाङ र झंकरप्रसाद सुवेदी पनि शुक्रबारबाटै कार्यक्षेत्र खटिएका छन् । अधिकृत तहमा समायोजन भएका पूर्वलडाकूका लागि तीनमहिने ब्रिगेड तालिमअन्तर्गत युवक अधिकृत तालिम, गुल्मपति तालिम र गणपति तालिम समावेश गरिएको थियो । गत १० भदौंमा नै अधिकृत तहमा दज्र्यानी चिह्न पाए पनि थप तालिमका कारण कार्यक्षेत्र खटिएका थिएनन् ।
शुक्रबारबाट भने सबै तालिम पूरा गरी कार्यक्षेत्र खटिएका हुन् । सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले अधिकृत तहका सबैले सैनिक प्रतिष्ठान खरिपाटीमा तीनमहिने ब्रिजिङ कोर्ससम्बन्धी तालिम सम्पन्न गरेको र कार्यक्षेत्र गइसकेको बताए । ‘समायोजन रोजेर नेपाली सेनाको अधिकृत तहमा पासिङ आउट भएका सबै अधिकृतहरूले शुक्रबारबाट तालिम पूरा गरेका छन्, यो सेनाको नियमित काम नै हो,’ सैनिक प्रवक्ता पोखरेलले राजधानीसँग भने । उनीहरूलाई सैनिक शिक्षालयका सहायक रथी रमेश पुन, सैनिक प्रतिष्ठान खरिपाटीका सहायक रथी गणेशबहादुर भण्डारीसहितका सैनिक अधिकृतहरूले बिदाइ गरेका थिए ।
सैनिक स्रोतका अनुसार समायोजन रोजेका अधिकृत तहका पूर्वलडाकूहरूलाई प्रमुख शिक्षक महासेनानी विनयविक्रम राणा, वरिष्ठ शिक्षक प्रमुख सेनानी रत्न गोद्धार र तत्कालीन अधिकृत क्याडेट समायोजन आधार तालिमका प्रमुख शिक्षक तथा गुल्मपति सेनानी टुकप्रसाद न्यौपानेले अधिकृत तालिम दिएका थिए । नेपाली सेनाभित्रका सक्षम अधिकृत रहेको निष्कर्षसहित राणा, गोद्धार र न्यौपानेलाई पूर्वलडाकूलाई तालिम दिने जिम्मेवारी सुम्पिएको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार सेनानी न्यौपानेले पछिल्लो समयको तालिममा शिक्षक तथा तालिम समन्वय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । सैनिक स्रोतले सेनामा प्रमुख सेनानी, सेनानी र उपसेनानी छनोट भएका पूर्वलडाकूलाई तालिमका लागि उनीहरूको विगतको कामका आधारमा छनोट गरिएको र तीनैजना क्षमतावान् अधिकृत रहेको बताएको छ । राजधानीबाट