
काठमाण्डु, १७ पुस– उत्तर कोरियाका सर्बोच्च नेता किम जोङ उनले आफ्ना फुपाजु चाङ सोङ थायकलाई मृत्युदण्ड दिएपछि देश थप एकताबद्ध भएको दावी गरेका छन् । सरकारी टेलिभिजनमार्फत् नयाँ बर्षको सन्देश दिदै उनले मृत्युदण्ड दिने कुरा कठोर कार्य भए पनि यसले मुलुकलाई एक सय गुणा बलियो बनाएको दावी गरेका हुन् । यसबाट सत्तारुढ वर्कर्स पार्टी पनि थप मजबुत भएको बताए ।
पार्टी नीति र कानुन विपरित गर्ने जो कोहीले पनि सजाय पाउनु पर्ने उनको भनाइ थियो ।
चाङले आफ्नै नेतृत्वमा छुट्टै गुटबन्दी बनाउन खोजेको भन्दै उत्तर कोरिया सरकारले दुईसाता अघि मृत्युदण्ड दिएको थियो । एक समयका शक्तिशाली नेता रहेका चाङले यसअघि किम जोङ उनलाई सरकार चलाउन सहयोग गर्दै आएका थिए ।
चाङले किम जोङ उनको बुवा किम जोङ इलको बहिनी विहे गरेका थिए ।