चीनको रिमोट सेन्सिङ उपग्रहको प्रयोग नयाँ चरणमा

काठमाण्डु टुडे २०७० पुष १६ गते ३:०७ मा प्रकाशित

चीनको हाइ रिजुलेसनको पृथ्वी अवलोकन प्रणाली अर्थात् हाइ रिजुलेसन १ संचालनमा आएको छ। हाइ रिजुलेसन १ उपग्रह संचालन भएबाट चीनको नागरिक रिमोट सेन्सिङ डाटाको स्थानीयकरणलाई व्यवहारमा उत्तार्न द्रुत बनाइनेछ र वातावरण संरक्षण, प्रकोप अनुगमन, परिशुद्ध कृषि सूचना सेवा, भूमि र स्रोतको अनुसन्धान र अनुगमन आदि क्षेत्रमा यसको भूमिकालाई अझै बढाइनेछ।

हाइ रिजुलेसन १ बाट पठाइएको फोटोसमक्ष रक्षा विज्ञान, प्रविधि र उद्योग ब्यूरोका प्रवक्ता ऊ च च्यानले पत्रकारलाई कृषि अनुगमन, खनिज विकास, शहर योजना आदि क्षेत्रमा हाइ रिजुलेसन १ को भूमिकाबारे जानकारी दिए।

हाइ रिजुलेसन १ चीनले डिजाइन गरेको पाँच वर्षभन्दा बढी समयम्मचल्नसक्ने पृथ्वीको नजिकैको कक्षमा रहने उपग्रह हो र गत अप्रिल छबीस तारिख यसलाई प्रक्षेपण गरिएको थियो। लिकमा रहेको अवसरमा विभिन्न परीक्षण गरिएका थए। चीनको रक्षा विज्ञान, प्रविधि र उद्योग ब्यूरोका प्रमुख स्यु दा चले सोमबार आयोजित संचालन समारोहमा व्यक्त गरे-विज्ञान, प्रविधि र उद्योग ब्यूरो संचालन भएपछि चीनको रिमोट सेन्सिङ उपग्रहको प्रयोग नयाँ चरणमा आएको देखिन्छ। साथै त्यसबाट हाइ रिजुलेसनको पृथ्वी अवलोकन डाटाको आत्मनिर्भर दरलाई धेरै बढाइएको छ। चीनका सम्बन्धित विभाग र स्थानीय सरकारलाई उच्च आधुनिकिकरण व्यवस्थापन क्षमता बढाउनका लागि प्रशस्त सूचना समर्थन पनि दिइएको छ।‘

हाइ रिजुलेसन १ नागरिक क्षेत्रमा पनि धेरै प्रयोग गरिनेछ। परीक्षण अवसरमा कान सु प्रान्तको मिन जिल्लाको भूकम्प, उत्तर-पूर्वी चीनको बाढीको उद्धार कार्यको लागि महत्वपूर्ण डाटा प्रदान गरेको छ।

दुई वर्षयता उत्तरी, पूर्वी, उत्तर-पश्चिमी चीन आदि क्षेत्रमा लगातार कुहिरो तथा तुवाँलो देखिरहेको छ र जनजीवन क्षेत्रमा सबभन्दा गाह्रो समाधान हुने समस्या पनि बनेको छ। हाइ रिजुलेसन १ ले त्यसको समाधान गर्न डाटा प्रदान गर्ने सम्भावना रहनेछ। ऊ च च्यानका अनुसार, हाइ रिजुलेसन १ ले पठाएको फोटोबाट आठ किलोमिटरभित्र भएको कुहिरो तथा तुवाँलोको उत्पत्ति, विकास, हट्ने अवस्थासम्बन्धी चौतर्फी डाटा पाइनेछ।

ऊ च च्यानका अनुसार, भविष्यमा मिटरसम्म देख्नसकिने हाइ रिजुलेसन २, ३, ४ आदि उपग्रह प्रक्षेपण गरिनेछ र मुख्यतः शहर योजना, समुद्र अनुगमन, खनिज विकास आदि क्षेत्रमा प्रयोग गरिनेछ। CRI

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us