आत्मघाती आक्रमणमा १६ को मृत्यु

काठमाण्डु टुडे २०७० पुष १५ गते २:३३ मा प्रकाशित

काठमाण्डु, १५ पुस–रुसको भोल्गोग्राद शहरमा भएको आत्मघाती बम आक्रमणमा १६ जनाको ज्यान गएको छ । आक्रमणमा परि करिब ४० जना घाईते भएको जनाईएको छ ।

क्रिसमस र नयाँ  वर्षको छुट्टी मनाउन नागरिकहरु आफ्नो गन्तब्य तिर जाँदै गर्दा रुसको दक्षिणी शहर भोल्गोग्रादको एक रेल्वे स्टेशनमा आक्रमण भएको हो । आत्मघाती आक्रमणमा एक महिला संलग्न भएको बताईए पनि पछिल्लो रिपोर्टमा आत्मघातीको पहिचान हुन नसकेको जनाईएको छ ।

घटनालगत्तै रुसी राष्ट्रपति भ्लादिमीर पुतिनले देशभरीकै रेल्वे स्टेसन र विमानस्थलहरुको सुरक्षा ब्यवस्था कडा पार्न निर्देन दिएका छन् । रुसी शहर सोच्चीमा अब करिब ६ हप्तामा विन्टर ओलम्पिक खेल शरु हुनु अघि यस्ता आतंकवादी घटना अझ हुन सक्ने रुसी सुरक्षा निकायले अनुमान लगाएको छ ।

ओलम्पिकको समयमा यस्ता आक्रमण गर्दा विश्व समुदायको ध्यान आकर्षित हुने आँकलन सहित आतंकवादी समुहहरुले आक्रमणको तयारी गरेको हुनसक्ने रुसले अनुमान गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us