कर्णालीमा जल पर्यटनको सम्भावना

काठमाण्डु टुडे २०७० पुष १३ गते ४:०३ मा प्रकाशित

karnali-river-raftingबर्दिया, १३ पुुुस – नेपालको सबैभन्दा लामो नदीको रुपमा रहेको कर्णाली नदीको जलयात्रा (¥याफ्टिङ) अन्य नदीमा हुने जलयात्राको तुलनामा बढी आनन्ददायी र रोमाञ्चक देखिन थालेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिमी सीमा हुँदै बग्ने कर्णाली नदीको चिसापानीदेखि टीकापुर पार्क र ठाकुरद्वारा (बर्दिया) सम्मको भागसम्म ¥याफ्टिङ गर्ने जो कोहीले नदी आसपासमा बाघ, हात्तीलगायतका दुर्लभ वन्यजन्तुको अवलोकनसमेत गर्न पाउने हँुदा कर्णालीको जलयात्रा बढी रोमाञ्चक र आनन्ददायी हुन थालको हो ।
वर्षायाममा कहिलेकहीँ देखिने डल्फिनको अवलोकनका लागि पनि यो नदीको जलयात्रा थप आकर्षणको केन्द्र बन्न सक्ने जलयात्राका सहभागीहरु बताउँछन् ।
‘नदीमा बग्नुको मज्जा नै अलग्गै हुन्छ, त्यसमा पनि कर्णालीको ¥याफ्टिङका क्रममा बाघ, हात्तीसमेत देख्न पाइने हुँदा यात्रा झनै रमाइलो र रोमाञ्चक हुन्छ’– कर्णाली नदीको जलयात्राका सहभागी लव शाहीले भने । नदीको चिसापानी पुल (कर्णाली पुल) देखि दक्षिणतर्फको भागमा जलयात्रा गर्दा बर्दिया राष्ट्रिय निकुञ्जबाट अनुमति लिनुपर्दा भने जलयात्राका सञ्चालक र सहभागीले केही कठिनाइ महसुस गर्दै आएका छन् ।
अनुमति लिनुपर्ने कार्यलाई सहजीकरण गर्नसकेमा ¥याफ्टिङ सहज हुने शाही बताउँछन् । कर्णाली नदीको तल्लो डुङ्गेश्वर (अछाम, दैलेख र सुर्खेतको सीमा) भन्ने ठाउँबाट कर्णाली पुलसम्मको भागमा व्यावसायिकरुपमा कहिलेकहीँ जलयात्रा हुने गरेको छ तर पुलदेखि दक्षिणतर्फको नदीको भागमा भने व्यावसायिक जलयात्रा हुन नसकेको नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्ट्स (नारा) का महासचिव गङ्गा नेपाल बताउँछन् ।
ठूलो सम्भावना हुँदाहुँदै पनि लामो प्याकेजमा हुने ¥याफ्टिङ केही बढी खर्चिलो र निकुञ्जबाट अनुमति लिनुपर्नेजस्ता कारणबाट जलयात्राले पूर्णरुपमा व्यावसायिक रुप लिन कठिनाइ भइरहेको अनुभव नेपालको छ ।
कर्णालीमा ¥याफ्टिङ हुने गरेको छ तर वार्षिक कति पर्यटकले ¥याफ्टिङ गर्छन् भन्ने तथ्याङ्क कसैसँग छैन । नाराको अनुमानमा कर्णालीमा वार्षिक तीन–चार हजार विदेशी पर्यटकले ¥याफ्टिङ गरी आनन्द लिने गरेका छन् ।
राष्ट्रिय विकास परिषद्का सदस्य रणबहादुर रावल ¥याफ्टिङका लागि कर्णालीमा झन्डै तीस वर्षअघि अध्ययन गरिएको भए पनि गत आठ दस वर्षयतादेखि मात्र ¥याफ्टिङ सुरु भएको बताउँछन् । मोटर बोट (जलयातायात) सञ्चालन गरी मालसामान ढुवानीका लागि पनि कर्णाली नदी उपयुक्त रहेको जलयात्रामा रमाउनेहरुको धारणा छ ।
‘नदीको हुम्लादेखि टीकापुर पार्कसम्मको करिब १८० किमि लामो भागमा ¥याफ्टिङ र केही भागमा सहजरुपमा मोटर बोटसमेत सञ्चालन गर्न सकिने देखिन्छ’ रावल भन्छन् । सन् २०११ को पर्यटन वर्षलाई लक्षित गरेर नेपाल पर्यटन बोर्ड, नारा र स्थानीय संघसंस्थाको संयुक्त पहलमा स्थानीय २४ युवालाई ¥याफ्टिङसम्बन्धी ज्ञान र सीप प्रदान गर्न ¥याफ्टिङ सुरु गरिएको थियो ।
यस क्रममा युवालाई ¥याफ्टिङका बारेमा व्यवहारिक ज्ञान दिइने र कर्णाली पुलदेखि दक्षिण टीकापुरसम्मको नदीको भागमा सम्भाव्यता अध्ययन गरिने महासचिव नेपालले बताए । नाराको अनुभवमा जलयात्राका दृष्टिले विश्वका प्रमुख दस नदीमा कर्णाली नदी पनि एक हो । नेपालमा बर्सेनि आउने विदेशी पर्यटकमध्ये १५ प्रतिशतले नेपालमा विभिन्न नदीमा ¥याफ्टिङ गरेर भरपुर मनोरञ्जन गर्ने गरेको नाराको भनाइ छ ।
कर्णालीलगायतका नेपालका नदीको जलयात्राप्रति बाह्य र आन्तरिक पर्यटकको अभिरुची बढाउन सकेमा यसले देशको समग्र विकासमा योगदान पुग्ने विश्वास गर्न सकिन्छ । पर्यटकलाई कर्णालीको जलयात्रामा आउन नदीमाथि बनेको एसियाकै नमुना पुल (ह्याङ्गिङ ब्रिज) ले थप मद्दत पु¥याउने देखिन्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us