प्रेम विवाह गर्ने ? ५० हजार ठिक्क पार्नुस्

काठमाण्डु टुडे २०७० पुष ९ गते ८:१३ मा प्रकाशित

boy-girlयदी तपाईं आफ्नो प्रेमिकासँग परिवारको सदस्यको अनुमति विना प्रेम विवाह गर्ने सोंचमा हुनुहुन्छ ? यदी त्यस्तै सोंचमा हुनुहुन्छ भने सबैभन्दा पहिले ५० हजार नगद छुट्याइ हाल्नुस् । र, त्यो पैसा सबै प्रेमिकाको नाममा बैंकमा जम्मा गराउनुस् ।

अनि मात्र तपाईंले प्रेमिकालाई आफ्नो बनाउन पाउनु हुनेछ ।

प्रेममा अन्धो हुँदै धेरैजसो युवतिहरुले आमा–बुवा वा अभिभावकको साथ छाडेर प्रेमीसँग विहे गर्छन् । तर, आफूले माया गर्दै आएको प्रेमीले विहेपछि छाडेर धोखा दियो भने युवतिहरुको भविष्य वर्वाद हुन्छ ।

यही बर्बादिबाट युवतिहरुलाई बचाउन अदालतले विहे अघि नै प्रेमिकाको नाममा ५० हजार रुपैयाँ ‘फिक्स डिपोजिट’ गर्नुपर्ने फैसला गरेको हो । यो फैसला नेपालको अदालतले गरेको भने होइन । भारतको इलाहावाद उच्च अदालतले प्रेम विवाह गर्ने प्रेमीले आफ्नो प्रेमिकाको नाममा ५० हजार रुपैयाँ अनिवार्य जम्मा गराउनु पर्ने आदेश जारी गरेको हो ।

गोरखपुरको सन्तकबीर नगरकी एक युवतिले दायर गरेको मुद्दामा इलाहावाद अदालतले यस्तो फैसला सुनाएको हो । अदालतको आदेश लगत्तै प्रहरी महानिर्देशक (डीजीपी) देवराज नागरले सबै प्रदेशमा यो नियमलाई अनिवार्य लागु गर्न निर्देशन दिएका छन् ।

अभिभावकको अनुमति विना कुनै युवकले कुनै युवतिलाई भगाएर विहे गरेमा युवकलाई अपहरणको मुद्दा लाग्ने व्यवस्थासमेत भारतमा छ । तर, युवतिले राजी खुसी प्रेमीसँग भागी विवाह गरेको स्पष्टिकरण दिएमा भने अपहरणको मुद्दा लाग्ने छैन ।

इलाहावाद उच्च अदालतको आदेश अनुसार यदि तीन बर्षसम्म भागी विवाह गरेका युवक र युवतिबीच कुनै समस्या नआएमा ५० हजार रुपैयाँ फिर्ता हुने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us