भेगाको औषधी बैशाखदेखि बजारमा

काठमाण्डु टुडे २०७० पुष ५ गते १:२३ मा प्रकाशित

काठमाण्डु-भेगा फर्मास्युटिकल प्रालिले उत्पादन गर्ने औषधी आगामी बैशाखदेखि नेपाली बजारमा उपलब्ध हुने भएको छ । करीव ३० करोड रुपैयाको लागतमा ललितपुरको बुंगमतीमा कारखाना स्थापना गरेको सो कम्पनीले आगामी फागुनदेखि नै औषधी उत्पादन गर्न थाल्नेछ । pratham 0501
कम्पनीका प्रबन्ध निर्देशक डा प्रकाश पौडेलका अनुसार पहिलो चरणमा मुटु र मधुमेह रोगमा प्रयोग हुने औषधी उत्पादन गरिनेछ । नेपाली औषधी उत्पादक कम्पनीले उत्पादन गरेका ती रोग सम्बन्धी औषधी नेपाली बजारमा पर्याप्त छैनन । पहिलो चरणमा क्याप्सुल र टयावलेट र दोस्रो चरणमा झोल र मलहम प्रकृतिका औषधी उत्पादन गरिने पौडेलले बताए । ‘हामी २५ किसिमका औषधी एकै पटक बजारमा ल्याउँदैछौ’ पौडेलले काठमाण्डु टुडेसँग भने ‘अन्य रोगहरुमा समेत प्रयोग हुने औषधीहरुको उत्पादन निरन्तर भइरहनेछ ।’ आफूले उत्पादन गर्ने औषधीको निरन्तर अनुसन्धान र बिकास गरिरहने पनि पौडेलले बताए । उनले भने ‘यसका लागि उच्चस्तरिय प्रयोगशाला,माइक्रो बायोलोजी युनिट र दक्ष जनशक्तिको व्यवस्था गरिएको छ ।’
पौडेलका अनुसार औषधी उत्पादनका लागि जर्मनी,अमेरिका,चीन र भारतमा निर्मित मेशिनको प्रयोग गरिएको छ । गुणस्तरिय औषधी नेपाली बजारमा ल्याउने प्रतिबद्धतासहित आफूहरुले औषधी उत्पादन गर्न लागेको पौडेलले बताए । उनले भने ‘हामीले अत्याधुनिक मेशिन र उच्च गुणस्तरका कच्चा पदार्थको प्रयोग गरेका छौ ।’
पूर्ण रुपमा स्वदेशी लगानीमा स्थापना भएको कम्पनीले औषधीको बजारमा आफनो गुणस्तरिय सेवा निरन्तर उपलब्ध गराईरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us