पशुपतिशमसेरले भने: उच्चस्तरीय समिति ‘डेट एक्सपायर’ औषधि

काठमाण्डु टुडे २०७० पुष ३ गते ९:४९ मा प्रकाशित

Pashupati-Shamsher-Ranaकाठमाण्डु, ३ पुस– राप्रपा वरिष्ठ नेता पूर्वअध्यक्ष पशुपतिशमसेर राणाले उच्चस्तरीय राजनीतिक समितिको  औचित्य सकिएको तर्क गर्दै राजनीतिक समिति ‘डेट एक्सपायर’ औषधि भएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘उच्चस्तरीय राजनीतिक समिति गैर राजनीतिक सरकारलाई राजनीतिक सुझाव र निर्देशन दिने उद्देश्यले गठन भएको हो । संविधानसभा आईसकेपछि त्यसको कुनै औचित्य छैन, ‘डेट एक्सपायर’ भएको औषधि उपभोग गरेर हानी गर्छ ।’

काठमाण्डुमा आयोजित साक्षात्कारमाख बोल्दै राणाले दलको स्पष्ट बहुमत नभएकोले संविधान निर्माण प्रक्रियालाई सहज हुने गरी धेरै दलको सहमतिमा सरकार निर्माण गर्नु पर्नेमा जोड दिँदै दह्रो प्रतिपक्ष रहने गरी सरकार निर्माण गर्नु पर्ने बताए ।

सकेसम्म साझा सहमतिमा संविधान निर्माण  गर्नु पर्ने भए पनि सहमति हुन नसके प्रक्रियाबाट भए पनि संविधान कुनै पनि हालतमा निर्माण गर्नु पर्ने उनको तर्क थियो ।

पुस १० भित्र सूचीः डा महत

त्यस्तै काँग्रेसका नेता डा.प्रकासशरण महतले दलहरु सहमतिको नजिक पुगेको भन्दै आगामि पुस १० गते भित्रमा सबै  दलले समानुपातिक तर्फको नामावली निर्वाचन आयोगमा बुझाउने विश्वास व्यक्त गरे ।

उनले काँग्रेस सहमतिबाटै संविधान र सरकार निर्माण गर्ने विषयमा प्रतिबद्ध रहे पनि संविधानमा संसोधन गरेर बाध्यकारी ब्यवस्था गर्न तयार नरहेको स्पष्ट पार्दै एमाओवादीले भने जस्तो संविधान संशोधन पनि नहुने र एमाओवादी संविधानसभाबाट भाग्ने ठाँउ पनि नभएको ठोकुवा गरे ।

धेरैभन्दा धेरै सहभागी सरकारः ज्ञवाली

एमालेका सचिव यूवराज ज्ञावलीले साझा नीति तथा कार्यक्रम, सरकार सञ्चालन र शक्ति बाडफाडलाई प्याकेजमै सहमति गरेर धेरै भन्दा धेरै दल सहभागी सरकार बनाउनु पर्ने पक्षमा एमाले रहेको बताए ।

उनले सरकार निर्माण पनि संविधान निर्माणलाई सहज बनाउने गरी गर्नु पर्नेमा जोड दिँदै संविधान निर्माण पूर्ण सहमतिबाट हुन नसक्ने भएकोले सहमतिबाट हुन नसके प्रक्रियाबाट गएर टुङग्याउनु पर्ने धारणा राखे । प्रक्रियाबाट पनि नटुङगिए जनमतसंग्रहबाट विवादको निरुपण गर्नु पर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us