चीनमा जातीय दङ्गा,१६ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० पुष १ गते १५:२१ मा प्रकाशित

बेइजिङ, १ पुस–समय समयमा जातीय द्वन्द्व भइरहने सुदुरपश्चिमी क्षेत्रमा आइतबार पुन भड्एिको जातीय दङ्गामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमरुबाट प्राप्त समाचारमा सो क्षेत्रमा भएको पछिल्लो यस्तो झडपमा परी ती नागरिक मारिएका हुन् ।
ती सञ्चारमाध्यमहरुले आइतबार र सोमबार सो झडप भएको जनाएका छन् । आइतबार रातिदेखि सोमबार पनि बिहानसम्म सो भिडन्त जारी रहेको बताइएको छ ।
सो क्षेत्रका केही नागरिकलाई अपराधको अनुसन्धानका लागि भनी प्रहरीले पक्राउ गर्न खोज्दा आक्रमण भएको थियो । सो आक्रमणमा परी ती नागरिक मारिएका बताइएको छ ।
उक्त आक्रमणमा परी दुई जना प्रहरी अधिकारी पनि मारिएका छन् । साथै सो उक्त आक्रमणबाट अरु केही व्यक्ति घाइते पनि भएका छन् ।
प्रहरीले आक्रमणको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सो घटनाको बिस्तृत अनुसन्धान पनि सुरु गरिएको समाचारमा जनाइएको छ ।
सो क्षेत्रमा उहिगुर नामको एक मुस्लिम अल्पसङ्ख्या जाती बस्दै आएको छ । सो जातीमाथि प्रहरीले दमन गर्ने गरेको उनीहरुको आरोप छ ।
तर प्रहरीले भने उक्त क्षेत्रमा आतङ्ककारीहरु बस्ने गरेकोे र यस्तो आक्रमणको घटना घटाउने गरेको जनाएका छन् ।
प्रहरीले यसअघि पनि सो क्षेत्रमा व्यापक मात्रामा खोजी अभियान जारी राखेको छ । सो क्षेत्रमा विगत दुई महिनामात्र अघि पनि सो घटना भएको थियो ।
साथै गत महिनामात्र चीनको तियानमेन चोकमा यस्तै सांघातिक हमला भएको र त्यसमा परी ४० जनाको ज्यान गएको थियो ।
उक्त घटनामा पनि प्रहरीले सोही  अल्पसङ्ख्यक जातीकै नागरिकको हात रहेको बताएको थियो ।
तर विभिन्न अन्तर्राष्ट्रिय समुदायहरुले भने उक्त क्षेत्रमा अल्पसङ्ख्यक र आदिवासीको बसोबास रही आएको तर प्रहरीले उनीहरुको सम्मान र सहयोगको सट्टा आक्रमण गरी कारबाही गर्ने गरेको आरोप लगाउँदै आएका छन् । रासस/एएफपी/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us