
चौतारा, २४ मंसिर– चीनबाट तातोपानी नाका हुँदै १७ किलो सुन ल्याउनेमध्येकी सिन्धुपाल्चोक मार्मिङ–८ की २५ वर्षीया ल्हामु तामाङसँग मागेको चार करोड ७ लाख ५४ हजार रुपैयाँ धरौटी बुझाउन नसक्दा पूर्वक्षका लागि थुानमा राख्ने आदेश भएको छ ।
भन्सार कार्यालय प्रमुख मिमांशा अधिकारीको थुनछेकको आदेशअनुसार पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो । गत कात्तिक १९ गते दुई चिनियाँ नागरिकसहित तामाङ पनि सुनसहित पक्राउ परेकी र उनको साथबाट नौ किलो सुन बरामद भएको थियो ।
चिनियाँ नागरिक झुपेइबाट तीन किलो र लि जउनबाट पाँच किलो समेत गरी १७ किलो सुन तातोपानी नाकाबाट सशस्त्र प्रहरी र भन्सार कर्मचारीले बरामद गरेका थिए ।
विदेशी नागरिकको हकमा मुलुकी ऐनअन्तर्गत दफा ४१ (३) को देहाय ३ र भन्सार ऐन २०६४ को दफा ४१ (३) बमोजिम पूर्पक्षको लागि थुनामा राख्ने आदेश भएको भन्सार कार्यालयले जनाएको छ ।