वृद्धाश्रममा वृद्धाको खाँचो

काठमाण्डु टुडे २०७० मंसिर २३ गते ५:५२ मा प्रकाशित

भक्तपुर, २३ मंसिर–मध्यपुरथिमिस्थित ओम वृद्धाश्रममा वृद्धाको खाँचो भएको छ । वृद्धाश्रमका अध्यक्ष प्रदीप श्रेष्ठले २० जनासम्म अट्न सक्ने क्षमता रहेको बृद्धाश्रममा हाल चारजना मात्र रहेको जानकारी दिए । असहाय वृद्धाहरुको खोजी भइरहेको पनि उनले जानकारी दिए । साठी वर्ष पूरा भएकी असहाय वृद्धाको खोजी भइरहेकोे र पाइएमा खबर गर्न उनले आग्रह पनि गरेका छन् ।

पाँच रोपनी जग्गामा निर्माण भएको एउटा दुईतले भवनमा हाल वृद्धाश्रम सञ्चालनमा छ । वृद्धाहरु राख्न थप नयाँ भवन निर्माण गरिने बताइएको छ ।  गत साउनदेखि वृद्धाश्रममा रहने सबैका लागि खाने व्यवस्था शिवयोग शिवानन्द प्रतिष्ठान नेपालले मिलाएको छ भने जिविसले वार्षिक एक लाख रुपैयाँ सहयोग गर्दै आएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us