चीनको अन्तरिक्ष यान चन्द्रमाको कक्षमा प्रवेश

काठमाण्डु टुडे २०७० मंसिर २१ गते १३:०३ मा प्रकाशित

बेइजिङ, २१ मङ्सिर–चीनको पहिलो चन्द्रयान शुक्रबार चन्द्रमाको कक्षमा प्रवेश गरेको जानकारी सरकारी समाचार संस्था सिन्ह्वाले दिएको छ । यस विमानलाई यसै महिनाको अन्त्यसम्म चन्द्रमामा अवतरण गर्ने योजना बनाइएको छ ।
युटु नाम गरेको यो यान चीनको दक्षिणपश्चिमी भागमा अवस्थित सिचाङ भूउपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको ११२ घण्टापछि चन्द्रमाको कक्षमा शुक्रबार साँझ प्रवेश गरेको हो । यस विमानले डिसेम्बर महिनाको मध्यतिर चन्द्रमामा अवतरण गरी त्यहाँको प्राकृतिक स्रोतका बारेमा अन्वेषण गर्ने लक्ष्य राखिएको छ ।
यस ‘चाङ–३’ अभियानको नाम चीनको पौराणिक कथाअनुसार चन्द्रमा देवीको रुपमा राखिएको छ र उनैको बाहन खरायोको नाम ‘युटु’ हो । यसले चीनलाई चन्द्रमामा वाहन अवतरण गराउने तेस्रो मुलुक बनाउने छ । अमेरिका तथा सोभियत सङ्घले यस्तो कार्य दशकौँ अगाडि गरेका थिए ।
चीनले सन् २०२० सम्म स्थायी अन्तरिक्ष केन्द्र स्थापना गर्ने र त्यसपछि मानवलाई चन्द्रमामा पठाउने लक्ष्य राखेको छ । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us