भारतमा चुनावमा भ्रष्टाचार विरोधी दलको जाँच

काठमाण्डु टुडे २०७० मंसिर १९ गते १४:१६ मा प्रकाशित

नयाँ दिल्ली, १९ मंसिर– भारतको नयाँ दिल्लीमा बुधबार राज्यस्तरीय निर्वाचनका लागि मतदान भएको छ भने यस निर्वाचनमा सन् २०११ मा मुलुकभर चलेको भ्रष्टाचार विरोधी आन्दोलनबाट जन्मिएको राजनीतिक दल ‘आम आदमी पार्टी’ को पहिलो परीक्षण हुने देखिएको छ ।

पूर्व कर निरीक्षक अरविन्द केजरिवाल नयाँ दिल्लीमा उम्मेदवार भएका छन् र विजयको आशा राखेका छन् तथा यसले आउँदो वर्षमा हुने राष्ट्रव्यापी आमनिर्वाचनमा ठूलो राजनीतिक भूकम्प ल्याउने अनुमान गरिएको छ ।

नयाँ दिल्लीको जनसङ्ख्या एक करोड ६८ लाख रहेको छ र यस राज्यमा सन् १९९८ देखि कङ्ग्रेस पार्टीले प्रशासन सञ्चालन गरेको छ । यहाँ महङ्गी, महिलामाथि आक्रमण तथा भ्रष्टाचारका विषयमा मतदाता क्रुद्ध देखिएका छन् ।

केजरिवालले आफ्नो मत दिल्लीको केन्द्रीय भागमा खराले । उनको साथमा करिब १०० समर्थक गान्धी टोपी तथा कुचो लिएर भेला भएका थिए । कुचो उनको दलको चिह्न भएको छ । अन्य चार राज्यका साथमा दिल्लीको निर्वाचन प्रतिपक्षी भारतीय जनता पार्टी तथा उसका नयाँ कट्टरपन्थी नेता नरेन्द्र मोदीका लागि पनि महत्वपूर्ण रहेको छ ।

भारतीय जनता पार्टीले आउँदो वर्षको आम निर्वाचनका लागि मोदीलाई प्रधानमन्त्रीको उम्मेदबार बनाएको छ । उहाँले यी निर्वाचनमा विषय हासिल गर्न कडा अभियान सञ्चालन गर्नुभएको छ र पाँचै राज्यमा आइतबार नतिजा घोषणा हुनेछ ।

चवालीस वर्षीय केजरिवालले स्वच्छ राजनीतिका लागि बचन दिएका छन् उनी नयाँ उम्मेदवार हुन् । उहाँले यस पटक जनताले भ्रष्टाचारको विरोधमा मत दिने बताए । कुनै समय अन्ना हजारेका सहयोगीका रूपमा रहेका केजरिवालले करिब एक वर्ष अगाडि उनीसँग भिन्न भएर आम आदमी पार्टी (आप) गठन गरेका हुन् । अन्ना हजारेले सन् २०११ मा नयाँ भ्रष्टाचार विरोधी कानुनको माग गर्दै राष्ट्रव्यापी रूपमा प्रदर्शन गरेका थिए ।

मङ्गलबार ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रकाशन गरेको भ्रष्टाचार अवधारणा सर्वोक्षणमा १७७ मुलुकमध्ये भारतको स्थान ९४ औँ रहेको छ । भारतको अभिमत सर्वेक्षणको नतिजाका विश्वसनीय मानिन्न र यी नतिजाहरूमा आम आदमी पार्टीले ७० स्थानको सभामा छ देखि ३० स्थानसम्म प्राप्त गर्ने अनुमान गरिएको छ ।

इन्डियन एक्प्रेसले बुधबार सम्पादकीयमा यस निर्वाचनले नयाँ शक्ति आम आदमी पार्टीलाई परीक्षण गर्ने उल्लेख गरेको छ । आउँदो वर्षको आम निर्वाचनमा बामपन्थीप्रति झुकाव राख्ने कङ्ग्रेस पार्टीले तेस्रो अवधिका लागि विजय हासिल गर्ने अनुमान गरेको छ भने मोदी तथा बीजेपीले बहुमत प्राप्त नगरी प्रमुखता प्राप्त गर्ने अपेक्षा राखेको छ ।

भारतको सबैभन्दा लामो अविधिसम्म मुख्यमन्त्री रहनुभएका शीला दीक्षितले पत्रकारहरूलाई आफूहरूले दिल्लीको विकासका लागि निरन्तर रूपमा काम गरेको बताए । सन् २०१० मा दिल्लीमा आयोजित राष्ट्रमण्डलीय खेल तथा एक छात्रामाथि भएको घातक सामूहिक बलात्कारका विषयमा उनको आलोचना गरिएको छ । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us