टोल फ्रीले गर्दा सदरमुकाम आउनै नपर्ने

काठमाण्डु टुडे २०७० मंसिर १८ गते ९:४७ मा प्रकाशित

toll free nepalलमजुङ– जिल्ला कृषि विकास कार्यालय लमजुङले कृषकलाई परेको समस्याका बारेमा तत्काल समाधानका लागि सुरु गरेको टोल फ्री टेलिफोन सेवा प्रभावकारी भएको छ ।

अधिकांश जिल्लाभित्रबाट र कहिलेकाहीँ जिल्ला बाहिरबाट समेत सो नम्बरमा फोन गरी कृषकले बालीनालीमा परेका समस्याका बारेमा सोध्ने गरेका छन् । तीन वर्षअघि सुरु भएको टोल फ्री नम्बरमा डायल गर्दा शुल्क नलाग्ने भएकाले किसान यसबाट लाभान्वित भएको कार्यालयले जनाएको छ ।

यो प्रविधि सुरु भएपछि कृषि क्षेत्रमा देखिने सानो समस्याको समाधान र सल्लाह सुझाव लिन खर्च गरेर सदरमुकाम आउनुपर्ने झन्झटबाट लमजुङका किसान मुक्त भएका छन् । कृषकले १६६०–६६५२०१३ टोल फ्री नम्बरमा कृषकले धेरैजसो बाली संरक्षण र बागवानी अर्थात् फलफूल तथा तरकारीको समस्या बीउबिजनका बारेमा जानकारी लिन फोन गर्ने गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सूर्यप्रसाद सेढाइँका अनुसार कृषकलाई कृषि प्रविधिकाबारेमा जानकारी दिन, बालीनालीमा लाग्ने रोग कीराको नियन्त्रणका उपाय बताउन र कृषिसम्बन्धी अन्य केही कुरा बुझ्न परेमा जिल्ला कृषि विकास कार्यालयले  विसं २०६६ बाट  टोल फ्री फोनको व्यवस्था गरेको थियोे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us