समानुपातिकतर्फको सदर मत ९४ लाख ६३ हजार

काठमाण्डु टुडे २०७० मंसिर २० गते १६:३१ मा प्रकाशित

काठमाण्डु, १६ मङ्सिर–निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ कुल सदर मत ९४ लाख ६३ हजार ८६२ रहेको जनाएको छ ।
आयोगले आइतवार साँझ विज्ञप्ति जारी गरी गत मङ्सिर ४ गते सम्पन्न संविधानसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिएका १२२ राजनीतिक दलले सो परिणामको मत प्राप्त गरेको जनाएको छ ।
आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार आइतवार नै सो मत परिणामलाई अन्तिम रूप प्रदान गरिएको हो ।
आयोगले यही मङ्सिर १८ गते बिहान ११ बजे राजनीतिक दलहरूलाई आफूले प्राप्त गरेको सीट सङ्ख्याको औपचारिक जानकारी दिनेसमेत प्रवक्ता राईले जानकारी दिए ।    समानुपातिक निर्वाचनतर्फ निर्धारण गरिएको सीट सङ्ख्याको औपचारिक जानकारी दिने प्रयोजनका लागि सम्बन्धित राजनीतिक दलहरूलाई दलको आधिकारिक पत्रसहित दलको प्रतिनिधिलाई मङ्सिर १८ गते मङ्गलबार बिहान ११ बजे कान्तिपथस्थित आयोगमा उपस्थित हुन पनि आयोगले अनुरोध गरेको छ ।
सोही दिन सम्बन्धित राजनीतिक दलले प्राप्त गरेको सीट सङ्ख्या पनि सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us