कपालबाट चिन्नुस् महिलाको स्वभाव

काठमाण्डु टुडे २०७० मंसिर १६ गते ६:१४ मा प्रकाशित

झट्ट हेर्दा कसैको पनि स्वभाव थाहा पाउन सकिदैन । लामो समयसम्म बस उठ नभएसम्म मान्छे चिन्न गाह्रो छ । अझ विहे गर्न थालेका पुरुष वा महिलालाई त आफ्नो मान्छेको स्वभाव कस्तो होला भन्ने कौतूहलता हुन्छ । सुन्दर र लहराउने कपाल सबै स्त्रीहरुको व्यक्तित्वलाई निखार ल्याउँछ । साथै उनीहरुको भाग्यलाई पनि यसले प्रतिविम्वित गरेको हुन्छ । कपालको बनावट, रंग र संरचनालाई देखेर कुनै पनि महिलाको व्यक्तित्व र स्वभाव जान्न सकिन्छ । यसको वर्णन समुद्र शास्त्रमा गरिएको छ ।

Strait hairलामो र स्ट्रेट कपाल भएका महिला

धेरैजसो पुरुषहरुले लामो कपाल भएका महिलालाई मन पराउँछन् । यसो हुनु स्वाभाविक पनि हो किनकी लामो र स्ट्रेट कपाल भएका सफा मनका हुन्छन् । यिनीहरुले  समय र परिस्थितिको ठोस विश्लेषण गरी निर्णय लिन्छन् । धेरै  बिचार पुर्याएर बोल्ने यिनीहरुको स्वभाव हो । अर्काको कुरा काटेर समय खेर फाल्नुको सट्टा आफ्नो काम खुरु खुरु गर्न यिनिहरुलाई मन पर्छ । धनपैसा सन्चय गर्ने र सही स्थानमा मात्र खर्च गर्न यिनिहरु खप्पीस हुन्छन् ।

Short hair Styleछोटो कपाल भएका महिला

जस्को कपाल छोटो छ ति महिला सँधै आफ्नो फाइदाको बारेमा मात्र सोच्छन् । यिनीहरुको बिचारमा उतार–चढाव आइराख्छ । अरुप्रति यिनको नजर धेरै छिटो बदलिन्छ । त्यसैले यिनीहरुसँग सजग रहनु राम्रो हुन्छ । यसैगरी छोटो कपाल भएका महिला अनुशासन र मेहनतलाई बढि महत्व दिन्छन् । आफ्नो भविष्य निर्माणमा यिनीहरुलाई भाग्यले पनि साथ दिन्छ । यिनीहरुको साथित्वको भावना धेरै पराकिलो हुँदै छ ।  उत्सव, मोजमस्ती मा निकै रुचि हुन्छ । यिनिहरुले कतिपय अबस्थाको बोलीलाई लिएर अरुले घमण्डी पनि सम्झिन्छन् ।

Karliकर्ली कपाल भएकाको स्वभाव

यदि कसैको कपाल घुम्रिएको र लामो छ भने थाहा पाउनुस् उनीहरुलाई भौतिक सुख सुविधाप्रति अत्यन्त मोह हुन्छ । वर्तमानमा मोजमस्ती गरेर जिउने उनीहरुको इच्छा हो । भविष्यप्रतिको चिन्ता उनीहरुमा हुँदैन । ‘जस्तो आउला त्यस्तै टर्ला’ भन्ने उनीहरुको सोचाइ हुन्छ । लामो र घुम्रिएको कपाल भएकाहरुलाई जीबनमा धेरैपटक उतार चढावको सामना गर्नुपर्ने हुन्छ । साथै गायन, लेखन एवम् साहित्यमा उनीहरुको रुची हुने समुद्र शास्त्रमा उल्लेख छ ।

4
समुद्र शास्त्रका अनुसार कानको नजिकै आएर लहरिने र थोरै घुम्रिएको कपाल हुने स्त्रीहरु भाग्यशाली हुन्छन् । यिनीहरुलाई आफ्नो भाग्यबाट सबै सुख, सुविधा र आनन्द मिल्छ । यिनीहरुको भाग्यले यिनीहरुसँग जोडिएका अन्य व्यक्तिलाई पनि फलिफाप हुन्छ ।

पातलो कपाल भएका महिला
धेरै महिलाको कपाल कम उमेरमै पातलो हुन्छ । यस्ता महिलाहरुमा आत्मविश्वास कम हुन्छ । यिनीहरु भाग्यलाई एकदमै धेरै विश्वास गर्छन् । यिनीहरुमा माया, प्रेमप्रति पनि आकर्षण हुँदैन । उनीहरु आफ्नो जीबनलाई सामान्य र शान्तिपूर्ण रुपमा बिताउन मन पराउँछन् । यिनीहरुले आफ्ना मनका कुरा आफैसँग सिमित राख्न मन पराउँछन् । 5

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us