ताइवानी आदिवासीलाई मानव चिडियाखानाको शब्दोच्चारण गर्ने एनएचकेलाई १० लाख डलर क्षतिपुर्ति तिराउन आदेश

काठमाण्डु टुडे २०७० मंसिर १४ गते १५:२१ मा प्रकाशित

टोकियो (जापान), १४ मङ्सिर–जापानको एक अदालतले सार्वजनिक प्रसारण संस्था एनएचकेले एक कार्यक्रममा एक ताइवानी आदिवासी महिलालाई मानव चिडियाखाना भनेकोमा मानहानि भएको ठहर गर्दै ती महिलालाई १० हजार अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।
तल्लो तहको निर्णयलाई उल्टाउँदै टोकियो उच्च अदालतले एनएचकेलाई बिहीबार यी महिलालाई १० लाख एन तिर्न आदेश दिएको छ । उक्त अदालतका न्यायाधीश नोरिआको सुदोले ती शब्दहरूको गम्भीर रूपमा भेदभावयुक्त अर्थ भएको बताए ।
लन्डनमा सन् २०१० मा आयोजना गरिएको ‘‘जापान–ब्रिटेन एक्जिविसन’’ मा हेरिएको उक्त कार्यक्रममा ताइवानका आदिवासी समुदायका अनेकौँ सदस्यहरू देखाइएको थियो । त्यसमा एक महिलाको बाबुलाई पनि देखाइएको थियो ।
उक्त समयमा ताइवान जापानको उपनिवेश थियो र त्यस समयमा कमै परिचित जनताको बारेमा प्रदर्शन गर्ने चलन थियो । न्यायाधीश सुदोले आफ्नो निर्णयमा एनएचकेले उक्त शब्दको भेदभावपूर्ण अर्थ हुन्छ भन्ने कुरामा ध्यान नदिइ ती शब्दलाई पटकपटक प्रयोग गरेको उल्लेख गरेका छन ।
उक्त कार्यक्रममा ताइवानका पाइवान नाम गरेका आदिवासी जनता असभ्य हुन्छन् भन्ने देखाइएको टोक्यो सिम्बुनले उल्लेख गरेको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us