
काठमाण्डु, १३ मंसिर– १० हजार हस्ताक्षर बुझाएर निर्वाचन आयोगमा दर्ता भएका ९७ दलले १० हजार मत पनि ल्याउन सकेनन् । आयोगमा दर्ता भएका १ सय २२ मध्ये ९७ वटा पार्टीले आफूले बुझाएको हस्ताक्षर जति मत पनि ल्याउन नसकेका हुन् ।
१० हजार मत पनि नल्याउनेमा अघिल्लो सविधानसभामा प्रतिनिधित्व गरेका नेकपा माले समाजवादी, चुरेभावर राष्ट्रिय एकता पार्टी र जनता दल युनाइटेड छन् । निर्वाचन आयोगमा दर्ता भएकामध्ये नेपाली जनता पार्टीले सबैभन्दा कम अर्थात देशभरीबाट ९ सय ९६ मत मात्रै पायो ।
दोश्रो सविधानसभामा संघीय समाजवादी पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सदभावना पार्टी, थरुहट पार्टी नेपाल, अखण्ड नेपाल पार्टी नयाँ पार्टीको रुपमा सविधानसभामा प्रबेश गर्ने भएका छन् ।
समानुपातिकको अन्तिम परिणाम आयो, काँग्रेस नै पहिलो : यस समाचार पढ्नका लागि यहाँ क्लिक गर्नुहोस् ।